फिदिम । पॉचथरको सदरमुकाम फिदिममा जारी ११ औँ फाल्गुनन्द गोल्डकपमा आयोजक फिदिम स्पोर्टिङ क्लबलाई ३-१ गोल अन्तरले पराजित गर्दै चर्च ब्वाइज युनाइटेड प्रतियोगिताको फाइनल प्रवेश गरेको छ ।
फिदिम मा.वि.को खेल मैदानमा शुक्रबार सम्पन्न पहिलो सेमिफाइनलमा पहिलो हापको ४२ मिनेटमा दिनेश शेर्माको गोल मार्फत आयोजकले अग्रता बनाएको थियो । पहिलो हापको ४६ मिनेटमा चर्च ब्वाइजका समिर तामाङले गोल गर्दै खेल बराबरीमा पुर्याए ।
दोस्रो हापमा चर्च ब्वाईजका विदेशी खेलाडी अरमान्ड र फोफोना अबयोमीले गोल गर्दै टिमलाई फाइनल पुर्याएका हुन । खेलको प्लेयर अफ दि म्याच चर्च ब्वाइजका फोफोना अबयमी घोषित हुँदै नगद दश हजार प्राप्त गरे ।
प्रतियोगिता अन्तर्गत पुष १३ गते शनिबार हुने दोस्रो सेमिफाइनल खेलमा न्युरोडटिम (एनआरटी) र मच्छिन्द्र फुटबल क्लब भिढ्ने आयोजकले जानकारी दियो ।
पुस ६ गते देखि सुरू भएको गोल्डकपको फाइनल पुस १५ गते हुनेछ । दश टिम सहभागी रहेको गोल्डकपको विजेताले १० लाख ५ सय ५५ र उपविजेताले ५ लाख ५ सय ५५ प्राप्त गर्नेछ । फिदिम नगरपालिका प्रवद्धक रहेको गोल्डकपको आयोजना फिदिम स्पोर्टिङ क्लबले गरेको हो ।
- तुम्बेवा अध्यक्ष कपमा फक्ताङलुङ,कुम्मायक र तुम्बेवा १ क्वाटर फाइनलमा प्रवेश
- उपेन्द्र निर्णायक बन्दा आयोजक कन्याटार सेमिफाइनलमा
- दोस्रो त्रिशाली गोल्डकपको उपाधिका लागि म्याङलुङ स्पोर्टिङ र रेड हर्ष एफसी इलाम भिड्ने
- तेह्रथुमको म्याङलुङ स्पोर्टिङ पॉचथरमा जारी त्रिशाली गोल्डकपको उपाधि नजिक
- पथरी एघार पॉचथरमा जारी त्रिशाली गोल्डकपको सेमिफाइनलमा प्रवेश