News फाल्गुनन्द गोल्डकप :उपाधिका लागि चर्च ब्वाइज र मच्छिन्द्र भिड्ने
गोलनेपाल

फिदिम । पॉचथरको सदरमुकाम फिदिममा जारी ११औँ फाल्गुनन्द गोल्डकपको उपाधिका लागि चर्च ब्वाइज युनाइटेड र मच्छिन्द्र फुटबल क्लब भिड्ने भएका छन ।

शनिबार सम्पन्न अन्तिम सेमिफाइनलमा मच्छिन्द्रले बलियो टोली एन आर टी लाई एक शुन्यले पराजित गर्दै उपाधिका लागि चर्च ब्वाईजसंगको भेट पक्का गरेको हो ।
खेलको ९औँ मिनेटमा दयानन्दले गरेको गोलनै मच्छिन्द्रको फाइनल प्रवेशका लागि निर्णायक गोल बन्यो ।

खेलको प्लेयर अफ दि म्याच मच्छिन्द्रका देबेन्द्र तामाङ घोषित हुँदै नगद दश हजार प्राप्त गरे ।

चर्च ब्वाइज युनाइटेडले आयोजकलाई सेमिफाइनलमा ३-१ गोलले परीजित गर्दै यस अघिनै फाइनलमा स्थान पक्का गरेको थियो ।
पुस ६ गते देखि सुरू भएको गोल्डकपको फाइनल पुस १५ गते हुनेछ । दश टिम सहभागी रहेको गोल्डकपको विजेताले १० लाख ५ सय ५५ र उपविजेताले ५ लाख ५ सय ५५ प्राप्त गर्नेछ । सर्वोकृष्ट एक खेलाडीले इभी स्कुटर प्राप्त गर्नेछन ।

फिदिम नगरपालिका प्रवद्धक रहेको गोल्डकपको आयोजना फिदिम स्पोर्टिङ क्लबले गरेको हो ।

Post Comments