News
खोटाङको लफ्याङमा वडास्तरीय पुरुष फुटबल प्रतियोगिता हुँदै

दिक्तेल । नमुना स्पोर्टस क्लब, लफ्याङ–५, खोटाङको आयोजनामा यही पुष २० देखि २७ गतेसम्म दोस्रो मझुवागढी कालिका भगवती लफ्याङ कप वडास्तरीय पुरुष फुटबल प्रतियोगिता हुने भएको छ ।
‘जित्नका लागि हैन, सिक्नका लागि खेलकुद’ भन्ने नाराका साथ हुन गईरहेको प्रतियोगिताको टिमदर्ता पनि खुला गरिएको छ । साथै टिमदर्ता शुल्क ५,५०० रुपैयाँ तोकिएको छ । विजेताले उपाधिसहित नगद १,५१,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १,०१,१११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
त्यस्तै सेमिफाइनलमा पराजित दुई टोलीहरुलाई जनही ३५,५५५–३५,५५५ रुपैयाँ प्रदान गरिने पनि आयोजकले जनाएको छ । त्यसैगरी विधागततर्फ उत्कृष्ट हुने ६ विधाहरुमा पनि जनही नगद ५–५ हजार र ट्रफी प्रदान गरिने आयोजकका काजीमान राईले जानकारी दिए ।
Post Comments