News
११औं फाल्गुनन्द गोल्डकपको फाइनल टिकट बिक्रीबाट दश लाख बढी संकलन
फिदिम । सोमबार सम्पन्न भएको ११औं फाल्गुनन्द गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको फाइनल टिकट बिक्रीबाट दश लाख बढी संकलन भएको छ ।
चर्च ब्वाईज युनाइटेड र मच्छिन्द्र फुटबल क्लब बीच भएको फाइनल खेलमा ३०० दरको टिकत बिक्रीबाट १० लाख ८९ हजार ८५० रुपैयाँ संकलन भएको आयोजकले जनाएको छ ।
स्मरण रहोस, सोमबार भएको उपाधि भिडन्तमा चर्च ब्वाईजले मच्छिन्द्रलाई टाईब्रेकरमा ५–४ ले हराउँदै विजेता बन्न सफल भएको थियो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले २–२ गोलको बराबरी खेलेका थिए ।

Post Comments
Related News
- तुम्बेवा अध्यक्ष कपमा फक्ताङलुङ,कुम्मायक र तुम्बेवा १ क्वाटर फाइनलमा प्रवेश
- उपेन्द्र निर्णायक बन्दा आयोजक कन्याटार सेमिफाइनलमा
- दोस्रो त्रिशाली गोल्डकपको उपाधिका लागि म्याङलुङ स्पोर्टिङ र रेड हर्ष एफसी इलाम भिड्ने
- तेह्रथुमको म्याङलुङ स्पोर्टिङ पॉचथरमा जारी त्रिशाली गोल्डकपको उपाधि नजिक
- पथरी एघार पॉचथरमा जारी त्रिशाली गोल्डकपको सेमिफाइनलमा प्रवेश