News
१९औं कौदी कप माघ पहिलो सातादेखि
गण्डकी । कौदी युवा क्लब, गण्डकी गाउँपालिका, कौदी, गोरखाको आयोजनामा आउँदो माघ २ देखि ७ गतेसम्म १९औं कौदी कप नाईन ए साईड खुला नकआउट फुटबल प्रतियोगिता हुने भएको छ ।
गण्डकी गाउँपालिका–४, कौदी, गोरखा स्थित आयोजक क्लब कै खेलमैदानमा हुने प्रतियोगिताको माघ १ गतेसम्म टिमदर्ता खुला गरिएको छ । साथै टिमदर्ता शुल्क १० हजार तोकिएको पनि आयोजकले जानकारी दियो ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख ४० हजार हात पार्नेछ भने उपविजेताले ६५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै विधागततर्फ तीन विधाका खेलाडीहरुलाई पनि नगदसहित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
Post Comments
Related News
- गोरखाको १० किलोमा जारी चौथो राइजिङ्ग स्टार कप अन्तर्गत बिहिबार तीन खेल सम्पन्न
- गोरखाको १० किलोमिटर अढाईगाउँ खेलमैदानमा चौथो राइजिङ् स्टार कप सुरु
- गोरखामा चौथो राइजिङ स्टार कप हुँदै
- गोरखामा ओभी एजुकेशन ११औं ओसन कप सम्पन्न
- ओसेन्द्र कटुवालको एकमात्र निर्णायक गोलमा नेपाल पुलिस प्रथम पृथ्वीनारायण गोल्डकपको च्याम्पियन