News एएफसी यु–१९ महिला छनौट : थाइल्याण्डलाई हराउने नेपालकी कप्तान सरु लिम्बुको विश्वास
गोलनेपाल

नेपाल यु–१९ महिला फुटबल टोलीकी कप्तान सरु लिम्बुले एएफसी यु–१९ महिला च्याम्पियनसिप छनौटतर्फ आयोजक थाइल्याण्डलाई हराउने विश्वास व्यक्त गरेकी छिन् ।

छनौट प्रतियोगितातर्फ समूह बी मा रहेको नेपालले बुधबार चोनबुरी स्टेडियममा नेपाली समयअनुसार ६:१५ मा घरेलु टोली थाइल्याण्डको सामना गर्दैछ । बुधबार नै सोही समुहमा रहेको भारतले पाकिस्तानसँग् भिड्दैछ ।

खेल अघिको पूर्व सन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै कप्तान लिम्बुले भनिन्, “थाइल्याण्ड निकै बलियो टोली भएकोले हामीले होशियारीपूर्वक खेल्नछौं । हामीलाई थाइल्याण्ड विरुद्ध प्रशिक्षकको निर्देशन र योजना अनुरुप खेल्नुपर्नेछ । मलाई लाग्छ हामी थाइल्याण्डलाई हराउन सक्छौं ।”

Post Comments