News
मरिण गाउँपालिका अध्यक्ष कपः पुरुषतर्फ वार्ड ३ र महिलातर्फ वार्ड नम्बर ४ लाई उपाधि
मरिण । यहाँ सम्पन्न पाँचौं मरिण गाउँपालिका अध्यक्ष कप वार्डस्तरीय नकआउट फुटबल प्रतियोगिताको पुरुषतर्फ वार्ड नम्बर ३ र महिलातर्फ वार्ड ४ ले उपाधि जित्न सफल भएका छन् ।
पुरुषतर्फको फाइनलमा वार्ड नम्बर ३ ले वार्ड नम्बर ६ लाई १–० ले हराउँदै उपाधि माथि कब्जा जमायो । वार्ड नम्बर ३ का लागि सुन्दर बोम्जनले एक मात्र गोल गरे ।
मरिण गाउँपालिका खेलकुद विकास समिति, सिन्धुलीको आयोजनामा सम्पन्न महिलातर्फको फाइनलमा वार्ड नम्बर ४ ले वार्ड नम्बर २ लाई टाईब्रेकरमा २–१ ले हराउँदै विजेता बन्न सफल भयो ।
विजेता तथा उपविजेता खेलाडीहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथी मरिण गाउँपालिकाका अध्यक्ष बिमर्स मुक्तान, उपाध्यक्ष बिमला माझी लगायतले पुरस्कृत गरेका थिए ।
Post Comments
Related News
- छैठौं मरिण गाउँपालिका अध्यक्ष कपः पुरुषतर्फ वार्ड नम्बर ३ र महिलातर्फ वार्ड नम्बर ४ लाई उपाधि
- छैठौं मरिण गाउँपालिका अध्यक्ष कपः वार्ड नम्बर ७ र वार्ड नम्बर ३ फाइनलमा
- छैठौं मरिण गाउँपालिका अध्यक्ष कपः महिलातर्फको फाइनल र पुरुषतर्फको सेमिफाइनल समिकरण पूरा
- छैठौं मरिण गाउँपालिका अध्यक्ष कपः पुरुषतर्फ तीन र महिलातर्फ एक क्वाटरफाइनल खेल सम्पन्न
- छैठौं मरिण गाउँपालिका अध्यक्ष कपः शुक्रबार चार खेलहरु सम्पन्न