मरिण । यहाँ जारी छैठौं मरिण गाउँपालिका अध्यक्ष कप वार्ड स्तरीय नकआउट फुटबल प्रतियोगिता अन्तर्गत शनिबार पुरुषतर्फ तीन क्वाटरफाइनल खेलहरु र महिलातर्फ एक क्वाटरफाइनल खेल भएका छन् ।
पुरुषतर्फ दिनको पहिलो खेलमा वार्ड नम्बर ६ (बी) ले वार्ड नम्बर १ लाई ३–१ को अन्तरले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको छ । त्यस्तै दोस्रो क्वाटरफाइनलमा वार्ड नम्बर ३ (बी) ले वार्ड नम्बर ५ (बी) लाई २–० ले हराउँदै अन्तिम चारमा स्थान बनायो । त्यस्तै तेस्रो क्वाटरफाइनलमा वार्ड नम्बर ५ (ए) ले वार्ड नम्बर ४ (ए) लाई १–० ले हराउँदै सेमिफाइनल यात्रा तय गर्यो ।
त्यस्तै शनिबार नै भएको महिलातर्फको क्वाटरफाइनल खेलमा वार्ड नम्बर ३ ले वार्ड नम्बर ७ लाई ९–० को फराकिलो अन्तरले हराउँदै सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गर्यो ।
प्रतियोगिता अन्तर्गत माघ ४ गते आइतबार पुरुषतर्फको अन्तिम क्वाटरफाइनलमा वार्ड नम्बर ७ (ए) र वार्ड नम्बर ६ (ए) भिड्ने छन् भने महिलातर्फको दोस्रो सेमिफाइनलमा वार्ड नम्बर ५ र वार्ड नम्बर ३ भिड्ने आयोजकले जानकारी दियो ।
युवा तथा खेलकुद विकास समिति, मरिण गाउँपालिका, सिन्धुलीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ४० हजार हात पार्नेछ भने उपविजेताले २० हजार प्राप्त गर्नेछ । फाइनल खेल यही माघ ६ गतेका दिन हुनेछ ।
- छैठौं मरिण गाउँपालिका अध्यक्ष कपः पुरुषतर्फ वार्ड नम्बर ३ र महिलातर्फ वार्ड नम्बर ४ लाई उपाधि
- छैठौं मरिण गाउँपालिका अध्यक्ष कपः वार्ड नम्बर ७ र वार्ड नम्बर ३ फाइनलमा
- छैठौं मरिण गाउँपालिका अध्यक्ष कपः महिलातर्फको फाइनल र पुरुषतर्फको सेमिफाइनल समिकरण पूरा
- छैठौं मरिण गाउँपालिका अध्यक्ष कपः शुक्रबार चार खेलहरु सम्पन्न
- छैठौं मरिण गाउँपालिका अध्यक्ष कपमा वार्ड नम्बर ६ लाई सफलता