मरिण । छैठौं मरिण गाउँपालिका अध्यक्ष कप वार्डस्तरीय नकआउट फुटबल प्रतियोगिता अन्तर्गत शुक्रबार कुल चार खेलहरु सम्पन्न भएका छन् ।
बाह्रबिसे खेलमैदानमा भएको दिनको पहिलो खेलमा वार्ड नम्बर ५ (बी) ले वार्ड नम्बर ७ (बी) लाई ३–० को अन्तरले पराजित गर्यो ।
त्यस्तै दोस्रो खेलमा वार्ड नम्बर ४ (ए) ले वार्ड नम्बर ३ (ए) लाई पेनाल्टी शुटआउटमा ३–२ ले हरायो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए ।
त्यसैगरी पुरुषतर्फ कै तेस्रो खेलमा वार्ड नम्बर ७ (ए) ले वार्ड नम्बर २ लाई ३–० को अन्तरले पराजित गर्दै दोस्रो चरणमा स्थान बनाउन सफल भएको छ ।
त्यस्तै शुक्रबार नै भएको महिलातर्फको पहिलो खेलमा वार्ड नम्बर ४ ले वार्ड नम्बर २ लाई पेनाल्टी शुटआउटमा २–० ले हराउँदै फाइनलमा प्रवेश गर्यो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए ।
युवा तथा खेलकुद विकास समिति, मरिण गाउँपालिका, सिन्धुलीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ४० हजार हात पार्नेछ भने उपविजेताले २० हजार प्राप्त गर्नेछ । फाइनल खेल यही माघ ६ गतेका दिन हुनेछ ।
- छैठौं मरिण गाउँपालिका अध्यक्ष कपः पुरुषतर्फ वार्ड नम्बर ३ र महिलातर्फ वार्ड नम्बर ४ लाई उपाधि
- छैठौं मरिण गाउँपालिका अध्यक्ष कपः वार्ड नम्बर ७ र वार्ड नम्बर ३ फाइनलमा
- छैठौं मरिण गाउँपालिका अध्यक्ष कपः महिलातर्फको फाइनल र पुरुषतर्फको सेमिफाइनल समिकरण पूरा
- छैठौं मरिण गाउँपालिका अध्यक्ष कपः पुरुषतर्फ तीन र महिलातर्फ एक क्वाटरफाइनल खेल सम्पन्न
- छैठौं मरिण गाउँपालिका अध्यक्ष कपमा वार्ड नम्बर ६ लाई सफलता