News २५औं बुढासुब्बा गोल्डकपः एनआरटी सेमिफाइनलमा
गोलनेपाल

धरान । सहज जितका साथ न्युरोडटिम –एनआरटी) जारी २५औं बुढासुब्बा गोल्डकप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

मंगलबार भएको अन्तिम क्वाटरफाइनलतर्फ एनआरटीले काकरभिट्टा फुटबल ट्रेनिङ्ग सेन्टर, झापालाई ३–१ ले हराउँदै अन्तिम चारमा स्थान बनाएको हो ।

धरान रंगशालामा भएको खेलमा एनआरटीका लागि शिशिर लेखी, सरोज घिसिङ र रोहन खडगीले गोल गरे । पराजित काकरभिट्टाका लागि भने रोबर्ट खाजुङ्गले एक मात्र गोल फर्काएका थिए ।

खेलमा एनआरटीका गोलकर्ता शिशिर लेखी म्यान अफ दि म्याच समेत घोषित भए । उनले पुरस्कार वापत नगद १० हजार र ट्रफी हात पारे । प्रतियोगिता अन्तर्गत फागुन २३ गते बुधबारको पहिलो सेमिफाइनल खेल चर्च ब्वाईज युनाइटेड, काठमाडौं र आर.टि.सी. फुटबल क्लब, भुटानबीच हुनेछ ।

धरान फुटबल क्लब, सुनसरीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १० लाख हात पार्नेछ भने उपविजेताले ५ लाखसहित ट्रफी हात पार्ने आयोजकले जानकारी दियो । फाइनल खेल यही माघ २६ गतेका दिन हुनेछ ।

Post Comments