News
झापाः यु-१८ फुटबलमा अर्जुनधारा १ र ३ विजयी
शनिश्चरे (झापा) । यहाँ जारी तेस्रो यु-१८ वडास्तरीय फुटबल प्रतियोगितामा आज अर्जुनधारा १ र ३ नम्बर वडा विजयी भएका छन् । पहिलो खेलमा अर्जुनधारा १ ले ४ नम्बर वडालाई २-० गोलअन्तरले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको हो ।
उसका लागि रविन गोले र गणेश गजमेरले गोल गरेका हुन् । यसैगरी, अर्जुनधारा ३ नम्बर वडाले ७ नम्बर वडालाई २-० गोलअन्तरले पराजित गरेको छ । ३ नम्बर वडाका लागि रोशिक गिरीले दुवै गोल गरेका हुन् । जितसँगै अर्जुनधारा १ र ३ नम्बर वडा सेमिफाइनल प्रवेश गरेका छन् ।
पहिलो खेलको प्लेयर अफ दी म्याच अर्जुनधारा १ का रविन गोले र दोस्रो खेलमा अर्जुनधारा ३ का रोशिक गिरी घोषित भए । उनीहरुले जनही १-१ हजारसहित जोया ब्राण्डको टिसर्ट पाएका छन् ।
भोलि पनि दुई खेल हुनेछन् । शनिश्चरे फुटबल क्लबले आयोजना गरेको प्रतियोगितामा नगरपालिकाभित्रका ११ वटा वडाका टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेता र उपविजेता टिमले नगद पुरस्कार क्रमशः ५० हजार र ३० हजारसहित ट्रफी पाउने छन् ।
Post Comments
Related News
- जेठ २४ देखि बिर्तामोड च्यालेन्ज कप, विजेताले १ लाख ११ हजार पाउने
- झिलझिले भेट्रान्सलाई चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि
- घरेलु मैदान दुधे रङ्गशालामा आयोजक दुधे भेट्रान्सको दबदबा
- प्रवीन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले क्लब, झापामा जारी चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि नजिक
- प्रविन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको अन्तिम चारमा