News
बागमती गाउँपालिका प्रथम मरिण गोल्डकपको सेमिफाइनलमा
मरिण । झिनो अन्तरको जितका साथ बागमती गाउँपालिका, मकवानपुर यहाँ जारी प्रथम मरिण गोल्डकप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
मंगलबार भएको अन्तिम क्वाटरफाइनलमा बागमतीले जनहितैषी युवा क्लब, सिन्धुलीलाई शून्यका विरुद्ध १ गोलले हराउँदै सेमिफाइनल स्थान सुरक्षित गरेको हो । बागमतीको जितमा श्री मगरले एक मात्र निर्णायक गोल गरे । निर्णायक गोलकर्ता श्री मगर नै खेलको म्यान अफ दि म्याच बने ।
बागमतीले अब माघ २३ गते बुधबर नै हुने पहिलो सेमिफाइनल खेलमा बागमती युवा क्लब, सर्लाहीसँग फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ ।
मुङग्रे युनाइटेड युवा क्लब, मरिण गाउँपालिका–२, मुङग्रे खाटदमार, सिन्धुलीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख हात पार्नेछ । फाइनल खेल यही माघ २५ गतेका दिन हुनेछ ।
Post Comments
Related News
- छैठौं मरिण गाउँपालिका अध्यक्ष कपः पुरुषतर्फ वार्ड नम्बर ३ र महिलातर्फ वार्ड नम्बर ४ लाई उपाधि
- छैठौं मरिण गाउँपालिका अध्यक्ष कपः वार्ड नम्बर ७ र वार्ड नम्बर ३ फाइनलमा
- छैठौं मरिण गाउँपालिका अध्यक्ष कपः महिलातर्फको फाइनल र पुरुषतर्फको सेमिफाइनल समिकरण पूरा
- छैठौं मरिण गाउँपालिका अध्यक्ष कपः पुरुषतर्फ तीन र महिलातर्फ एक क्वाटरफाइनल खेल सम्पन्न
- छैठौं मरिण गाउँपालिका अध्यक्ष कपः शुक्रबार चार खेलहरु सम्पन्न