News यु-१८ः अर्जुनधारा ३ कारबाहीमा, ७ ले सेमिफाइनल खेल्ने
रमेश समदर्शी

शनिश्चरे (झापा) । स्थानीयस्तरमा खेलाडी उत्पादन गर्ने उद्देश्यले शनिश्चरे फुटबल क्लब झापाले आयोजना गरेको तेस्रो यु-१८ वडास्तरीय फुटबल प्रतियोगितामा अर्जुनधारा ३ नम्बर वडाको टिम कारबाहीमा परेको छ ।

मंगलबार भएको अर्जुनधारा ७ वडा टिमसँगको खेलमा खेल नियमविपरीत खेलाडी खेलाएको भन्दै उजुरी परेपछि आयोजक समितिको छानविन समितिले ३ नम्बर वडालाई कारबाही गरेको हो ।

छानविन समितिको प्रतिवेदनअनुसार अर्जुनधारा ३ बाट जर्सी नम्बर २३ का खेलाडी सन्तोष लिम्बू नभइ अन्य पालिकाकै खेलाडी भएको ठहर गरी सिंगो टिमलाई नै निलम्बन गरिएको उल्लेख छ ।

प्रतियोगिता संयोजक टेकराज तिलिङको संयोजकत्वमा बसेको बैठकले छानविन समितिको अध्यक्ष पुष्प मादेनको प्रतिवेदन अनुमोदन गर्दै अर्जुधारा ७ लाई विजयी घोषणा गरेको निर्णय गरिएको छ ।

Post Comments