मरिण । संघर्षपुर्ण जित हात पार्दै प्रथम मरिण गोल्डकप नकआउट फुटबल प्रतियोगिताको उपाधि बागमती युवा क्लब, सर्लाहीले जितेको छ ।
शुक्रबार सम्पन्न फाइनलमा बागमतीले आयोजक मुङग्रे युनाइटेड युवा क्लब, सिन्धुलीलाई टाईब्रेकरमा ४–३ ले हराउँदै उपाधि उचालेको हो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए ।
विजेता बनेको बागमतीले उपाधिसहित नगद ३ लाख हात पार्यो भने उपविजेता मुङग्रे युनाइटेडले १ लाख ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो । बागमतीका गोलरक्षक अनिष महतो फाइनल खेलको म्यान अफ दि म्याच घोषित भए ।
अन्य विधातर्फ राईजिङ प्लेयर जनहितैषी युवा क्लबका बिशाल मोक्तान चुनिए । सर्वाधिक गोलकर्ताको पुरस्कार एन्फा मकवानपुरका ललित चौलागाई र बागमती गाउँपालिका, मकवानपुरका श्री मगरले संयुक्त रुपमा हात पारे । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी भने बागमती युवा क्लबका आयुष राना मगर घोषित भए ।
विजेता तथा उपविजेता खेलाडीहरुलाई मरिण गाउँपालिका, सिन्धुलीका अध्यक्ष बिमर्स मोक्तान, उपाध्यक्ष बिमला माझी, आयोजक मुङग्रे युनाइटेड युवा क्लब, सिन्धुलीका अध्यक्ष ज्ञान बहादुर मोक्तान लगायतले पुरस्कृत गरेका थिए ।
- छैठौं मरिण गाउँपालिका अध्यक्ष कपः पुरुषतर्फ वार्ड नम्बर ३ र महिलातर्फ वार्ड नम्बर ४ लाई उपाधि
- छैठौं मरिण गाउँपालिका अध्यक्ष कपः वार्ड नम्बर ७ र वार्ड नम्बर ३ फाइनलमा
- छैठौं मरिण गाउँपालिका अध्यक्ष कपः महिलातर्फको फाइनल र पुरुषतर्फको सेमिफाइनल समिकरण पूरा
- छैठौं मरिण गाउँपालिका अध्यक्ष कपः पुरुषतर्फ तीन र महिलातर्फ एक क्वाटरफाइनल खेल सम्पन्न
- छैठौं मरिण गाउँपालिका अध्यक्ष कपः शुक्रबार चार खेलहरु सम्पन्न