News
झापाको गोल पोष्टमा अर्जुनधाराको गोल वर्षा
बिर्तामोड । झापाको बिर्तामोडमा जारी प्रथम अन्तर पालिकास्तरीय महिला फुटबल प्रतियोगिताको दोस्रो क्वाटर फाइनलमा झापा गाउँपालिकालाई १६-० ले पराजित गर्दै अर्जुनधारा नगरपालिका सेमिफाइनलमा प्रवेश गरेको छ ।
पहिलो हाफमा ५-० को अग्रता बनाएको अर्जुनधाराले दोस्रो हाफमा थप ११ गोल गर्दै १६-० को जित दर्ता गरेको हो । खेलको प्लेयर अफ दी म्याच अर्जुनधाराकी कुसुम खतिवडा घोषित हुँदै नगद ५ हजार पाउन सफल भइन् ।
भोलि (बुधबार)मेचि नगर नगरपालिकाले कमल गाउँपालिकासँग तेस्रो क्वाटरफाइनल खेल खेल्नेछ । फागुन ५ गते हुने फाइनल खेलको विजेताले नगद ३ लाखसहित आकर्षक ट्रफी पाउने छ । यस्तै, उपविजेताले नगद १ लाख ५० हजार प्राप्त गर्नेछ ।
Post Comments
Related News
- जेठ २४ देखि बिर्तामोड च्यालेन्ज कप, विजेताले १ लाख ११ हजार पाउने
- झिलझिले भेट्रान्सलाई चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि
- घरेलु मैदान दुधे रङ्गशालामा आयोजक दुधे भेट्रान्सको दबदबा
- प्रवीन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले क्लब, झापामा जारी चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि नजिक
- प्रविन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको अन्तिम चारमा