
विर्तामोड । झापाको विर्तामोड ६ बुट्टाबारी स्थित एभरेष्ट स्मार्ट एजुकेशन एकेडेमीमा जारी छैटौँ हरी कुमार प्रसाई स्मृती कप अन्तर विद्यालय यु १३ मा बाल्मिकी एजुकेशन फाउन्डेशन र निदी सेकेन्डरी स्कुल सेमिफाइनल प्रवेश गरेका छन ।
शुक्रबार सम्पन्न पहिलो क्वाटर फाइनलमा न्यूटन्स एजुकेशन एकेडेमिलाई ७-० गोलले पराजित गर्दै बाल्मिकी सेमिफाइनल पुगेको हो । बाल्मिकीको जितका लागि दर्शन गुरूङले ह्याट्रिक पुरा गरे भने आदित्य शिवाकोटीले दुई,सिर्जन थपलिया र अप्सन लिम्बुल् एक एक गोल गरे । खेलको म्यान अफ दि म्याच बाल्मिकीका दर्शन गुरूङ घोषित हुँदै ट्रफि प्राप्त गरे।
त्यस्तै दोस्रो क्वाटर फाइनलमा सुनगाभा इङलिश स्कुललाई शुन्यका विरुद्ध तीन गोलले पराजित गर्दै निदी सेकेन्डरी स्कुल प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो ।
निदीको जितका लागि उज्वल जबेगुले एक गोल गरे भने सुनगाभाका हेमन उरउ र पुजन क्षेत्रीले आत्मघाती गोल गरे । खेलको म्यान अफ दि म्याच निदीका उज्वल जबेगु घोषित हुँदै ट्रफि प्राप्त गरे ।
आइतबार क्वाटर फाइनलका अन्तिम दुई खेल हुनेछन । क्वाटर फाइनलको तेस्रो खेलमा आयोजक एभरेष्ट स्मार्ट एजुकेशन एकेडेमी र चिल्ड्रेन्स इन्भारोम्न्ट स्कुल भिड्नेछन ।त्यस्तै अन्तिम क्वाटर फाइनलमा इस्ट होराइजन इङलिस बोर्डिङ स्कुल र सुर्योदय इङलिस बोर्डिङ स्कुलले प्रतिस्पर्धा गर्नेछन ।