News
पालिका स्तरीय महिला फुटबलको फाइनलमा अर्जुनधारा र कन्काइ भिड्ने
बिर्तामोड । झापाको बिर्तामोडमा जारी प्रथम अन्तर पालिकास्तरीय महिला फुटबल प्रतियोगितामा अर्जुनधारा नगरपालिका फाइनल पुगेसंगै उपाधिका लागि अर्जुनधारा र कन्काई नगरपालिका भिडने पक्का भएको छ।
डोमलाल राजवंशी रंगशालामा शनिबार सम्पन्न अन्तिम सेमिफाइनलमा भद्रपुर नगरपालिकालाई २-० गोलले पराजित गर्दै अर्जुनधाराले फाइनलमा कन्काइ नगरपालिकासंग भेट सुनिस्चित गरेको हो।
अर्जुनधाराको जितका लागि क्याप्टेन जेनिफर राना मगर र मेनुका आले मगरले एक/एक गोल गरे । खेलको प्लेयर अफ दी म्याच अर्जुनधाराकी रेणु लिम्बु घोषित हुँदै नगद ५ हजार पाउन सफल भइन् ।
फागुन ५ गते हुने फाइनल खेलको विजेताले नगद ३ लाखसहित आकर्षक ट्रफी पाउने छ । यस्तै, उपविजेताले नगद १ लाख ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
Post Comments
Related News
- जेठ २४ देखि बिर्तामोड च्यालेन्ज कप, विजेताले १ लाख ११ हजार पाउने
- झिलझिले भेट्रान्सलाई चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि
- घरेलु मैदान दुधे रङ्गशालामा आयोजक दुधे भेट्रान्सको दबदबा
- प्रवीन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले क्लब, झापामा जारी चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि नजिक
- प्रविन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको अन्तिम चारमा