झापाको विर्तामोड ६ बुट्टाबारी स्थित एभरेष्ट स्मार्ट एजुकेशन एकेडेमीमा जारी छैटौँ हरी कुमार प्रसाई स्मृती कप अन्तर विद्यालय यु १३ को सेमिफाइनल समिकरण पूरा भएको छ ।
आइतबार सम्पन्न तेस्रो क्वाटर फाइनलमा चिल्ड्रेन इन्भारोमेन्ट स्कुललाई ५-० ले पराजित गर्दै आयोजक एभरेष्ट स्मार्ट एकेडेमिले सेमिफाइनलमा निदी सेकेन्डरीसंगको भेट पक्का गरेको छ । त्यस्तै अन्तिम क्वाटरफाइनलमा इस्ट होराइजनले सुर्योदय बोर्डिङ स्कुललाई १-० ले पराजित गर्दै सेमिफाइनलमा बाल्मिकी एजुकेशनसंगको प्रतिस्पर्धा निस्चित गरेको हो । सेमिफाइनलका दुबै खेल सोमबार हुनेछन ।
एभरेष्ट स्मार्ट एजुकेशन फाउन्डेशनका संस्थापक हरी कुमार प्रसाई दिवंगत भए पश्चात उहॉकै स्मृतिमा यो प्रतियोगिता सन्चालन गर्न थालिएको बताइएको छ । प्रतियोगितामा झापा जिल्ला भित्रका सोह्र टिमको सहभागिता रहेको थियो । बिद्यालय स्तरबाटै खेलाडी उत्पादन गर्दै, अनुशाससित र सामुहिक कार्यमा समेत सरीक गराउँने उद्येस्यका साथ यो प्रतियोगिता आयोजना शुरू गरिएको प्रन्सिपल शर्माको भनाई छ ।
माघ २८ गते देखि सुरू प्रतियोगिताको फाइनल खेल फागुन ६ गते हुनेछ । विजेता र उपविजेता स्कुलले उपाधि संगै ट्र्फि प्राप्त गर्नेछन ।
- जेठ २४ देखि बिर्तामोड च्यालेन्ज कप, विजेताले १ लाख ११ हजार पाउने
- झिलझिले भेट्रान्सलाई चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि
- घरेलु मैदान दुधे रङ्गशालामा आयोजक दुधे भेट्रान्सको दबदबा
- प्रवीन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले क्लब, झापामा जारी चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि नजिक
- प्रविन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको अन्तिम चारमा