News नेपालगंजमा पनि एन्फाको विधान संशोधनबारे छलफल
गोलनेपाल

नेपालगंज । अखिल नेपाल फुटबल संघ (एन्फा) को विधान संशोधनबारे आवश्यक छलफल कार्यक्रम नेपालगंजमा पनि सम्पन्न भएको छ । सो छलफल कार्यक्रममा लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेश अन्तरगत रहेका फुटबल संघका प्रतिनिधीहरुको उपस्थिति रहेको थियो ।

एन्फाका प्रवक्ता किरन राईको अध्यक्षतामा सम्पन्न भएको विधान संशोधन छलफल कार्यक्रममा लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशअन्तरगतका दश जिल्ला फुटबल संघका प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।

बैठकमा उपस्थित सहभागीहरुले विधान संशोधनलाई लिएर आ–आफ्नो विचार व्यक्त गरेका थिए । साथै उनीहरुले एन्फाका केही विधानहरु संशोधन गर्नुपर्ने धारणा समेत राखेका थिए ।

सो छलफल कार्यक्रममा एन्फाका केन्द्रिय समिति सदस्य तथा नेपाल ओलम्पिक कमिटी सदस्य दिर्घ बहादुर केसी (कुमार) लगायतका पदाधिकारीहरुको पनि उपस्थिति रहेको थियो ।

स्मरणीय छ, एन्फाको विधान संशोधनबारे हालै प्रदेश नम्बर १ को व्यस्त शहर धरानमा पनि बैठक सम्पन्न भएको थियो । त्यहाँ पनि एन्फा प्रवक्ता किरानसहित एन्फाको कार्यसमिति सदस्य दिपक राई लगायतको उपस्थिति रहेको थियो । बैठकमा उपस्थित विभिन्न फुटबल संघका प्रतिनिधीहरुले विधान संशोधनबारे आफ्नो राय संकलन गरि बुझाएका समेत थिए ।

Post Comments