पॉचथरको मिक्लाजुङ गाउँपालिकाको केन्द्र रबि बजारमा रबि गोल्डकप सन्चालन हुने भएको छ ।
छैटौं संस्करणको रबि गोल्डकप आगामी चैत्र २५ देखी बैशाख १ गते सम्म आयोजना हुने भएको हो । गत सोमबार पॉचथरको फिदिममा आयोजक राइजिङ स्टार क्लबले पत्रकार सम्मेलन मार्फत प्रतियोगिताको जानकारी दिएको हो । २०७६मा छैटौं संस्करणको तयारी भए पनि कोभिडको कारणले प्रतियोगिता रोकिएको थियो । छ वर्ष पछि प्रतियोगितालाइ निरन्तरता दिन लागिएको आयोजकले बताएका छन् ।
प्रतियोगितामा ३ अन्तराष्ट्रिय टोली सहित ८ क्लबको सहभागीता रहने आयोजक राइजिङ स्टार क्लबका सचिब मदन राईले जानकारी दिए । प्रतियोगितामा लाइटगेट फुटबल क्लब घाना,युके एफसि कर्साङ भारत,राइजिङ स्टार स्पोर्टिङ क्लब दार्जिलिङ, पथरी ११ मोरङ, सलहेश क्लब सिरहा, भाङबारी फुटबल क्लब दमक झपा, आठकर्ण फुटबल क्लब पाँचथर र आयोजक राइजिङ स्टार क्लब रबिको सहभागिता रहने राईले जानकारी दिए ।
प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगितामा सर्वोत्कृष्ट,उदीयमान खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर र प्रशिक्षकले पनि पुरस्कार प्राप्त गर्ने बताइएको छ । प्रतियोगिताको मुख्य प्रबद्धक मिक्लाजुङ गाउँपालिका रहेको छ ।
- तुम्बेवा अध्यक्ष कपमा फक्ताङलुङ,कुम्मायक र तुम्बेवा १ क्वाटर फाइनलमा प्रवेश
- उपेन्द्र निर्णायक बन्दा आयोजक कन्याटार सेमिफाइनलमा
- दोस्रो त्रिशाली गोल्डकपको उपाधिका लागि म्याङलुङ स्पोर्टिङ र रेड हर्ष एफसी इलाम भिड्ने
- तेह्रथुमको म्याङलुङ स्पोर्टिङ पॉचथरमा जारी त्रिशाली गोल्डकपको उपाधि नजिक
- पथरी एघार पॉचथरमा जारी त्रिशाली गोल्डकपको सेमिफाइनलमा प्रवेश