फिदिम । पाँचथर जिल्लाको फिदिम नगरपालिका वडा नं १० याङ्नाम खलंगाटारको इमानसिंग रंगशालामा याङ्नाम फुटबल क्लबको आयोजनामा आजबाट तेस्रो आमन्त्रित याङ्नाम गोल्डकप सुरु भएको छ ।
पाँचथर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सन्तोष मोक्तानको अध्यक्षतामा भव्य रूपमा सुरु भएको प्रतियोगितामा आज पहिलो एक खेल सम्पन्न भएको छ।
तिजोक युवा क्लब र यूनाइटेड पाँचथर बीच भएको खेलमा तिजोक युवा क्लवले शानदार जित निकाल्दै सेमिफाइनलमा स्थान बनाएको छ।
तिजोकलाई जीत दिलाउन सिक्सम लिम्बूले ह्याट्रिक पूरा गरेका हुन् ,उनले क्रमसः खेलको ७, २५ र ५२ औं मिनेटमा गोल गरेका थिए । त्यस्तै तिजोकका लागि आसिस लावतीले ३६ औं मिनेटमा गोल गर्दै सानदार जितको साथमा सेमीफाइनल प्रवेश गरेको हो। यूनाइटेड पाँचथरले भने कुनै गोल गर्न नसक्दा चार शून्यको हार बेहोर्दै प्रतियोगिताबाट बाहिरिएको छ।
प्रतियोगिताको विजेताले नगद रु.२०,३,३३३ को साथमा ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ भने उप विजेताले नगद रु.१०,३,३३३ को साथमा ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ।
प्रतियोगितामा पाँचथर जिल्ला भित्रका कुल आठ टोलीको सहभागिता रहेको छ भने यस प्रतियोगिताको फाइनल २०८२ साल वैशाख २ गते हुने छ।
भोलि फिदीम स्पोर्टिङ्ग क्लव र टु स्टार ग्रामीण श्रृजनशील क्लब बीच दिनको ठीक २:३० बजे खेल सुरु हुने छ।
प्रतियोगिताको सम्पूर्ण खेलहरु गोल नेपालको फेसबुक पेज र युट्युबबाट एकसाथ प्रतक्ष प्रसारण हुने छन्।
- तुम्बेवा अध्यक्ष कपमा फक्ताङलुङ,कुम्मायक र तुम्बेवा १ क्वाटर फाइनलमा प्रवेश
- उपेन्द्र निर्णायक बन्दा आयोजक कन्याटार सेमिफाइनलमा
- दोस्रो त्रिशाली गोल्डकपको उपाधिका लागि म्याङलुङ स्पोर्टिङ र रेड हर्ष एफसी इलाम भिड्ने
- तेह्रथुमको म्याङलुङ स्पोर्टिङ पॉचथरमा जारी त्रिशाली गोल्डकपको उपाधि नजिक
- पथरी एघार पॉचथरमा जारी त्रिशाली गोल्डकपको सेमिफाइनलमा प्रवेश