News दोस्रो माडी गोल्डकपको खेलतालिका सार्वजनिक
गोलनेपाल

बसन्तपुर । आउँदो माघको शुरुवातदेखि शुरु हुन गईरहेको दोस्रो माडी गोल्डकप नकआउट फुटबल प्रतियोगिताको खेलतालिका सार्वजनिक गरिएको छ ।

माघ ३ गतेदेखि माडी माविको खेलमैदानमा शुरु हुन गईरहेको प्रतियोगिताको उद्घाटन खेलमा लेखनाथ युनाइटेड क्लब, पोखरा र हनामी एभरेष्ट क्लब चितवन भिड्ने भएका छन् ।

माडी नगरपालिकाको मुख्य प्रवद्र्धन र चितवन जिल्ला फुटबल संघको प्रवद्र्धनमा हुन गईरहेको प्रतियोगिताको फाइनल खेल भने माघ १० गतेका दिन हुने आयोजकले जनाएको छ ।

बसन्तपुर युनाइटेड क्लब, बसन्तपुर चितवनको आयोजनामा हुन गईरहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाख प्राप्त गर्नेछ । प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडीलाई १० हजार प्रदान गरिने पनि आयोजक क्लबका अध्यक्ष नबिन बस्यालले जानकारी दिए ।

प्रतियोगितामा चितवन, काठमाडौं, पोखरा, हेटौडा लगायतका गरि कुल आठ टोलीहरुको सहभागिता रहेको छ । साथै प्रतियोगिताको सम्पूर्ण तयारी समेत पूरा भएको क्लबका अध्यक्ष बस्यालले बताए ।

Post Comments