बिर्तामोड । झापाको बिर्तामोडमा यही बैशाख १९ र २० गते खुला फुटसल प्रतियोगिता हुने भएको छ । नेपालकै ठुलो इनडुअर फुटसल कोर्टमा बिर्तामोड फुट–७ कप खुला फुटसल प्रतियोगिता हुने भएको हो ।
प्रथम बिर्तामोड फुट-७ कप खुला फुटसल प्रतियोगिताको तयारी पूरा भएको आज पत्रकार सम्मेलन गरेर आयोजकले जनाएको छ । बिर्तामोड ५ स्थित बिर्तामोड स्पोर्टस् सेन्टरद्वारा सञ्चालित फुटसल कोर्टमा हुने प्रतियोगिताको आयोजक पनि सेन्टर नै हो ।
पूर्वमा अहिलेसम्मकै ठुलो पुरस्कार धनराशि र धेरै टिम सहभागी फुटसल प्रतियोगिता हुन लागेको सेन्टरका सञ्चालक तथा नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वअन्तरिम प्रशिक्षक प्रवेश कटवालले जानकारी दिए ।
अर्का सञ्चालक सञ्जीव प्रसाईंका अनुसार प्रतियोगिताको विजेताले नगद एक लाख, ट्रफी र मेडल तथा उपविजेताले नगद ५० हजार, ट्रफी र मेडल पाउनेछ । प्रतियोगितामा नेपाल र भारतका ३२ वटा टिमको सहभागिता रहने अर्का सञ्चालक गणेश कटवालले जानकारी दिए ।

- जेठ २४ देखि बिर्तामोड च्यालेन्ज कप, विजेताले १ लाख ११ हजार पाउने
- झिलझिले भेट्रान्सलाई चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि
- घरेलु मैदान दुधे रङ्गशालामा आयोजक दुधे भेट्रान्सको दबदबा
- प्रवीन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले क्लब, झापामा जारी चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि नजिक
- प्रविन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको अन्तिम चारमा