Province 1 स्वर्णिम क्लब धरान र सतिसाले भेट्रान एफसी सेमिफाइनलमा प्रवेश
गोलनेपाल

केरावारी । प्रथम सतिसाले भेट्रान कप २०८३ अन्तर्गत असोज २६ गते सम्पन्न क्वार्टरफाइनलका खेलबाट स्वर्णिम क्लब धरान र आयोजक सतिसाले भेट्रान एफसीले सेमिफाइनलमा स्थान सुरक्षित गरेका छन्।

प्रतियोगिताको तेस्रो क्वार्टरफाइनलमा स्वर्णिम क्लब धरानले विराट भेट्रान्सलाई १–० गोलअन्तरले पराजित गर्‍यो। प्रतिस्पर्धात्मक खेलको दोस्रो हाफमा दिपेन गिरीले गरेको गोल स्वर्णिमको जितका लागि निर्णायक बन्यो। उक्त खेलमा सुमन सुवेदी म्यान अफ द म्याच घोषित भए।

त्यस्तै, चौथो क्वार्टरफाइनलमा आयोजक सतिसाले भेट्रान एफसीले मिल्स भेट्रान क्लबलाई ३–१ गोलअन्तरले हराउँदै अन्तिम चारमा स्थान बनायो। सतिसालेका कप्तान सूर्य राईले दुई गोल गर्दा खेमराज पोखरेलले एक गोल थपे। उक्त खेलमा बुध चेम्जोङ म्यान अफ द म्याच घोषित भए।

यससँगै स्वर्णिम क्लब धरान र सतिसाले भेट्रान एफसीले प्रतियोगिताको सेमिफाइनल यात्रा तय गरेका छन्।

सेमिफाइनल

मिति: असोज २७ गते खेल: स्वर्णिम क्लब धरान विरुद्ध सगरमाथा युवा क्लब

 

Post Comments