Province 1 आयोजकलाई हराउँदै बिराटनगर फाइनलमा
गोलनेपाल

दुहबी । सडन डेथमा आयोजक नुरानी स्र्पोटिङ क्लब, सोनापुरलाई निराश तुल्याउँदै बिराटनगर स्पोर्टस एकेडेमी, मोरङ यहाँ जारी प्रथम वडा अध्यक्ष कप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

बिहीबार भएको दोस्रो प्रतिस्पर्धात्मक सेमिफाइनलमा बिराटनगरले आयोजक नुरानीलाई सडन डेथमा ५–४ ले हराउँदै उपाधि नजिक पुगेको हो । त्यसअघि दुहबी–८ स्थित श्री बिष्णु माविको खेलमैदानमा भएको निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको रोमाञ्चक बराबरी खेलेका थिए ।

खेलको ३०औं मिनटमा नवराज कार्कीको गोलबाट अग्रता बनाएको बिराटनगरले त्यसलाई दोस्रो हाफको शुरुवात मै गुमाउन पुगेको थियो । उता आयोजक नुरानीका लागि दोस्रो हाफको तेस्रो मिनट मै सदाक हुसैनले गोल गर्दै खेललाई रोमाञ्चक बराबरीमा ल्याएका थिए ।

तर सडन डेथमा भने आयोजक निराश बन्न पुग्यो । खेलमा बिराटनगरका बिकास बस्नेत म्यान अफ द म्याच घोषित भए । उनलाई प्रम्ुख अतिथी धर्मेन्द्र रिसिदेवले नगदसहित पुरस्केत गरेका थिए ।

बिराटनगरले अब उपाधिका लागि फाइनलमा २५ मंसिरका दिन नव युवा क्लब, सुकचर, मोरङको सामना गर्नेछ । नुरानी स्र्पोटिङ क्लब, सुनसरीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३० हजार हात पार्नेछ भने उपविजेताले २० हजार प्राप्त गर्नेछ ।

 

Post Comments