Province 2 प्रदेश २ एन्फा लिगको खेलतालिका सार्वजनिक (खेलतालिकासिहत)
गोलनेपाल

चन्द्रपुर । अखिल नेपाल फुटबल संघ (एन्प्mा) को वार्षिक कार्यक्रमअनुसार प्रदेश नम्बर २ मा हुन गईरहेको चन्द्रपुर मेयर प्रदेश नम्बर २ एन्फा लिग फुटबल प्रतियोगिताको खेलतालिका सार्वजनिक गरिएको छ ।

प्रदेश फुटबल संघ, प्रदेश नम्बर २ को आयोजनामा यहि माघ २६ देखि फागुन ७ गतेसम्म हुन गईरहेको प्रतियोगितामा प्रदेश नम्बर २ का कुल ८ टोलीहरुले सहभागिता जनाउँदै छन् ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाख हात पार्ने प्रदेश फुटबल संघ, प्रदेश नम्बर २ का अध्यक्ष नेपाल कार्कीले बताए । त्यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान मोटरसाइकल प्राप्त गर्ने समेत अध्यक्ष कार्कीले जानकारी दिए ।

चन्द्रपुर नगरपालिकाको सहयोग र रौतहट जिल्ला फुटबल संघको समन्वयमा हुन गईरहेको प्रतियोगिताका खेलहरु चन्द्रपुर–६ रौतहट स्थित शेर बहादुर दर्लामी स्मृति हातेमालो खेलमैदानमा हुने आयोजकले जनाएको छ ।

उद्घाटन खेल मनकामना र शम्भुनाथ बीच हुने

आयोजकले सार्वजनिक गरेको खेलतालिका अनुसार प्रतियोगिताको उद्घाटन खेलमा समूह ए तर्फबाट मनकामना युवा क्लब, रौतहट र शम्भुनाथ युवा क्लब, रौतहट भिड्ने छन् । प्रतियोगितामा सहभागि कुल आठ टोलीहरुलाई दुई समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहको शिर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।

हेर्नुहोस खेलतालिका

 

Post Comments