भरतपुर-१८ खेलकुद विकास समन्वय समितिको जित
गोलनेपाल

मेघौली, चितवन। प्रथम सदाबहार मेघौली गोल्डकपको दोस्रो दिनको खेलमा भरतपुर–१८ खेलकुद विकास समन्वय समितिले कमाने फुटबल एकेडेमीलाई ४–१ गोल अन्तरले पराजित गरेको छ।

भरतपुर–१८ को जितमा बिक्की चाम्लिङ राईले दुई गोल गरे। उनले खेलको ५२औँ मिनेटमा पहिलो गोल गरे भने ६६औँ मिनेटमा पेनाल्टीमार्फत व्यक्तिगत दोस्रो गोल थपे।

त्यस्तै, मुकुन्द निउरेले ६१औँ मिनेटमा र मनु कुमालले ६८औँ मिनेटमा गोल गरे।

कमाने फुटबल एकेडेमीका लागि ७०औँ मिनेटपछि भरतपुर–१८ का मनीष गुरुङबाट भएको आत्मघाती गोलमार्फत एक गोल फर्किएको थियो।

दुई गोलसहित उत्कृष्ट प्रदर्शन गरेका भरतपुर–१८ का बिक्की चाम्लिङ राई खेलको खेलको उत्कृष्ट खेलाडी घोषित भए।

प्रतियोगिताअन्तर्गत भोलि दुई खेल हुनेछन्।

भोलिको खेल तालिका:

पहिलो खेल (१२:०० बजे): सदाबहार युवा क्लब (आयोजक) विरुद्ध बसन्तपुर युनाइटेड क्लब

दोस्रो खेल (२:३० बजे): अभिषेक चर्च रजहर विरुद्ध कटारी टाइगर एफसी

प्रतियोगिताको विजेताले रु. २,०२,२२२ तथा उपविजेताले रु. १,०१,१११ प्राप्त गर्नेछन्।

Post Comments