
काठमाडौं । अवैध रुपमा सिमा पार गर्न खोजेको आरोपमा भारतीय सुरक्षाकर्मीले चार अफ्रिकी फुटबल खेलाडीहरुलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नेपालको घरेलु फुटबलमा राम्रै परिचय बनाएका फोफना समेत छन् ।
पक्राउ पर्नेमा क्यामरुनी खेलाडीद्वय २५ बर्षिय टिना टिना डिडेर, ३० बर्षिय अगुमी अम्बासा, २० बर्षिय गिनी बिसुका फोफना उसमाने र २२ बर्षिय बेनिनका अडजोबो ओडिलो रहेका छन् ।
स्मरण रहोस, यी चार खेलाडीहरुले केहि दिन अघिसम्म नेपालमा भएका स्थानीय फुटबल प्रतियोगिताहरुमा सहभागिता जनाएका थिए । भारतीय सुरक्षाकर्मीहरुका अनुसार ती चारै जनाले अवैध रुपमा नेपाल हुँदै भारत सिमामा प्रवेश गरेका थिए ।
साथै सिलिगुडी टुडेको रिपोर्टअनुसार भारतीय सुरक्षाकर्मीले तिनीहरुबाट ४८,३३० भारतीय रुपमा जफत गरेको समेत जनाएको छ । पक्राउ परेका ती चारै जनालाई आवश्यक स्वास्थ्य परिक्षण पश्चात थप कारवाहीका लागि नक्सलबारी पुलिसलाई बुझाइने समेत बताइएको छ ।
- २०औं एसियाडका लागि नेपालबाट फुटबलको नाम छैन
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- सायम अन्तरकलेज फुटसलमा २८ टोलीहरु सहभागि हुने
- दोस्रो हिमालयन फुटसल गोल्डकप साउन तेस्रो साता, विजेताले ३ लाख पाउने
- गोलनेपालकर्मी बिक्रम बानियाँले खेलकुद पत्रकार प्रोत्साहन पुरस्कार पाउने तय