Province 3 ललितपुरका प्रशिक्षक हुमागाईले दिए लिखित राजिनामा
गोलनेपाल

काठमाडौं । ललितपुर सिटी फुटबल क्लबका मुख्य प्रशिक्षक प्रदिप हुमागाईले आफ्नो प्रशिक्षकीय जिम्मेवारीबाट लिखित राजिनामा दिएका छन् ।

क्लबका बोर्ड सदस्यहरुको अपेक्षाअनुसार टोलीलाई सफलता दिलाउन नसकेपछि क्लबले हुमागाईलाई बर्खास्त गर्ने निर्णयमा पनि पुगेको थियो । त्यसैक्रममा उनले क्लबलाई लिखित राजिनामा पनि बुझाएका छन् ।

प्रशिक्षक हुमागाई भन्छन्, “क्लब र क्लबका मालिकहरुप्रति मेरो विशेष सम्मान छ । क्लबले गरेको हालको प्रदर्शनको जिम्मेवारी पनि म लिन चाहन्छु ।” साथै उनले लेखेको राजिनामा पत्रमा क्लब, खेलाडी लगायत सबैमा धन्यवाद समेत व्यक्त गरेका छन् ।

खबरअनुसार हुमागाईले क्लब छाडेसँगै ललितपुरको जिम्मेवारी सहायक प्रशिक्षक राजु तामाङले लिने बताइएको छ । स्मरण रहोस, ललितपुरले आइतबार मात्र पोखरा थन्डर्ससँग गोलरहित बराबरी खेलेको थियो । जारी सुपर लिगमा ललितपुरको यो चार खेलमा तेस्रो बराबरी थियो ।

सुपर लिगमा हालसम्म ललितपुर जितविहीन छ । ललितपुरले खेलेको आफ्नो चार खेलहरु मध्ये ३ खेलमा बराबरी र एक खेलमा हार बेहोरेको छ । साथै लिगतालिकामा ४ खेलबाट ३ अंक मात्र जोड्दै छैटौं स्थानमा छ । र पुछारको टोली एफसी चितवन भन्दा एक अंकले मात्र अगाडी छ ।

हेर्नुहोस प्रशिक्षक हुमागाईको राजिनामा पत्र

 

Post Comments