Province 3 जावलाखेल युथ क्लवलाई चार लाख रुपैयाँ सहयोग
गोलनेपाल
 
व्रिटिस आर्मीका पूर्व लेफ्टिनेन्ट कुलबहादुर बुढाथोकीले जावलाखेल युथ क्लवलाई चार लाख रुपैयाँ सहयोग गरेका छन् ।

ए डिभिजन लिग फुटवल प्रतियोगितामा भाग लिने खेलाडीका लागि सो रकम सहयोग गरेका हुन ।

एन्फाको आयोजनामा कार्तिक २९ देखि हुन लागिरहेको प्रतियोगितामा क्लवले भाग लिँदै छ । क्लवका अध्यक्ष महेन्द्र क्षेत्रीले सो रकम खेलाडीको व्यवस्थापनमा प्रयोग गरिने बताए । उनले आर्थिक सहयोगले खेलाडीलाई हौसला मिल्ने बताए । 

क्षेत्रीले खेलाडीलाई खान, बस्न र खेल तयारीका लागि आर्थिक चाहिने हुँदा विभिन्न व्यक्तिले बेलाबेला दिल खोलेर सहयोग गरिरहेको बताए । 

हङकङ निवासी बुढाथोकीले समाजिक कार्यका लागि सहयोग गर्दै आएका छन् ।
Post Comments