ANFA चर्च ब्वाईज फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्ने
गोलनेपाल

भोजपुर । चर्च ब्वाईज युनाइटेड, काठमाडौ यहाँ जारी सातौं भोजपुर मेयर गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

शुक्रवार भएको दोस्रो सेमिफाइनलमा चर्च ब्वाईजले सलहेश युवा क्लब, सिरहालाई २-१ ले हराउँदै उपाधी नजिक पुग्न सफल भएको हो ।

चर्च ब्वाईजको जितमा नवीन लामा र अर्बान्ड बिडुमले गोल गरे । उता पराजित सलहेशका लागि आशिष चापागाईंले एक मात्र गोल फर्काए ।

खेलमा चर्च ब्वाईजका आबायोमी फाकुन्ले म्यान अफ द म्याच घोषित भए । चर्छ ब्वाईजले बैशाख १५ गते शनिबार नै हुने फाइनलमा त्रिभुवन आर्मी फुटबल क्लबसँग उपाधिका लागि भिड्नेछ ।

भोजपुर जिल्ला फुटबल संघको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधी सहित नगद ५ लाख हात पार्नेछ भने उपविजेताले ३ लाख प्राप्त गर्नेछ ।

Post Comments