
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमितिको दोस्रो बैठक यहि साउन २६ गते बिहीबारका दिन हुने भएको छ । एन्फाले पनि सो कुराको पुष्टी गरेको छ ।
खासगरी उक्त बैठक साउन ५ गते बस्ने भनिए तापनि विभिन्न कारणवश मिति पर धकेलिएको थियो । बैठकमा एन्फाको सिइओ नियुक्ति, लिगलगायतका अन्य केही महत्वपूर्ण एजेण्डाहरुमा चर्चा र निर्णय हुने अनुमान गरिएको छ ।
सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा बिहान १० बजेदेखि शुरु हुने बैठकमा बहुप्रतिक्षित फ्रेन्चाईज लिग नेपाल सुपर लिग (एनएसएल) बारे पनि छलफल हुने सम्भावना छ । स्मरण रहोस, केही असन्तुष्ट पक्षहरुका कारण एनएसएलको आयोजना मिति पनि पटक–पटक स्थगित हूँदै आएको छ ।
सुपर लिगमा सहभागिता जनाउने नयाँ क्लबदेखि लिएर खेलाडीहरुको लिलामी तथा मार्की खेलाडीहरुको घोषणा भईसक्दा पनि लिगको मिति निश्चित रुपमा तय हुन नसक्दा अधिकांश खेलाडीहरु पनि मारमा परेका छन् ।
- सातौं लो–छोग्याल जिग्मे मोमोरियल कपको नयाँ मिति तय
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- नेपाली राष्ट्रिय यु–२३ फुटबल टोलीको मुख्य प्रशिक्षकमा न्यौपाने
- एन्फाको सहायक महासचिव पदबाट अलग भए जोशी (पत्रसहित)
- महिला लिग छ्नौट खेल्ने क्लबहरुका लागि सामाजिक सञ्जाल र फिफा कनेक्ट कार्यशाला सम्पन्न