Province 3 जावलाखेललाई ललितपुर वार्ड नम्बर ४ को दश लाख सहयोग
गोलनेपाल

काठमाडौं । बहुप्रतिक्षित शहिद स्मारक ए डिभिजन लिग खेल्ने तयारीमा रहेको जावलाखेल युथ क्लबले आफ्नै महानगरपालिकाको स्थानीय वार्डबाट नगद सहयोग प्राप्त गरेको छ ।

ललितपुर महानगरपालिका वडा नं ४ ले जावलाखेललाई एक कार्यक्रमका बीच लिगमा आवश्यक तयारी गर्न दश लाख नगद सहयोग उपलब्ध गराएको हो । यो सहयोगले लिगमा क्लबलाई थप उच्च प्रदर्शन गर्न हौसला मिल्ने ललितपुर वार्ड नम्बर ४ का अध्यक्ष सन्तोष खड्काले विश्वास व्यक्त गरे ।

वार्ड अध्यक्ष खड्काले नेपाली फुटबलमा जावलाखेलको उच्च योगदान रहेको बताउँदै लिगमा क्लबले राम्रो प्रदर्शन गर्दै समग्र ललितपुर महानगर कै प्रतिष्ठा अझ उँचो बनाउन शुभकामना दिए ।

स्मरण रहोस, आगामी फागुन १९ गतेदेखि शुरु हुन गईरहेको शहिद स्मारक ए डिभिजन लिगतर्फ जावलाखेलले आफ्नो पहिलो खेल फागुन २१ गतेका दिन दशरथ रंगशालामा लिग च्याम्पियन मच्छिन्द्र फुटबल क्लबसँग खेल्ने कार्यक्रम छ ।

Post Comments