Province 3 किंग्स लगातार दोस्रोपटक फेडरेशन कप च्याम्पियन
गोलनेपाल

काठमाडौं (एजेन्सी) । डिफेन्डिङ च्याम्पियन बसुन्धरा किंग्सले प्रतिष्ठित वाल्टन फेडरेशन कपको ३२औं संस्करणको उपाधि लगातार दोस्रोपटक आफ्नो कब्जामा पार्न सफल भएको छ । किंग्सले गत बर्ष पनि यो उपाधि जितेको थियो ।

ढाका स्थित बंगबन्धु नेशनल स्टेडियममा भएको फाइनल भिडन्तमा किंग्सले सैफ स्र्पोटिङ क्लबलाई शुन्यका विरुद्ध १ गोलले हराउँदै देश कै प्रतिष्ठित उपाधि फेडरेशन कपमाथि लगातार दोस्रोपटक कब्जा जमाउन सफल भएको हो ।

प्रतिस्पर्धात्मक फाइनल खेलमा किंग्सका लागि दोस्रो हाफको ५२औं मिनटमा अर्जेन्टिनी फरवार्ड राउल ओस्कारले गरेको गोल नै खेलको निर्णायक गोल बन्यो । निर्णायक गोलकर्ता राउल फाइनल खेलको म्यान अफ द म्याच समेत चुनिए । प्रतियोगिताको सर्वाधिक गोलकर्ताको पुरस्कार पनि किंग्सका निर्णायक गोलकर्ता राउलले नै हात पारे ।

यद्यपि यो पुरस्कार राउलले उपाििवजेता सैफ स्र्पोटिङका नाइजेरियन प्रतिद्वन्द्वी केनेथ इकेचुक्वुसँग बाँड्नु परेको थियो । प्रतियोगिताभरि यी दुवैले समान ५–५ गोल गरेका थिए । त्यस्तै चटगाँव अवहानी लिमिटेड र सैफ स्र्पोटिङ क्लब प्रतियोगिताको फेयर प्ले टिम घोषित भए ।

लिग च्याम्पियन पनि किंग्स

बसुन्धरा किंग्स बंगलादेशको शिर्ष फुटबल लिग अर्थात बंगलादेश फुटबल प्रिमियर लिगको विजेता समेत हो । किंग्सले सन् २०१८–१९ को यो उपाधि जितेको थियो । गत सिजन भने कोभिड–१९ महामारीका कारण लिग सुचारु हुन सकेन । यस सिजन २०२०–२१ को लिग भने बुधबारदेखि शुरु हुँदैछ ।

Post Comments