
काठमाडौं । यहाँ जारी महिला साफ च्याम्पियनसिपमा साविक विजेता भारतले समूह चरणतर्फ आफ्नो दोस्रो खेलमा फराकिलो जित हात पारेको छ । शनिबार सम्पन्न समूह ए को दोस्रो खेलमा भारतले माल्दिभ्सलाई ९–० को फराकिलो अन्तरले हरायो ।
स्मरण रहोस, भारतले आफ्नो पहिलो खेलमा पाकिस्तानलाई ३–० ले हराएको थियो । शनिबार नै भएको समूह ए तर्फको पहिलो खेलमा बंगलादेशले पाकिस्तानमाथि ६–० को जित निकाल्यो । समग्रमा बंगलादेशको पनि यो पहिलो जित थियो । बंगलादेशले आफ्नो पहिलो खेलमा माल्दिभ्सलाई ३–० ले हराएको थियो ।
शनिबारको त्यो नतिजासँगै समूह ए बाट भारत र बंगलादेश सेमिफाइनलमा प्रवेश गरेका छन् । अब समूह चरणको अन्तिम खेलमा पाकिस्तान र माल्दिभ्स भिड्दा अर्को खेलमा भारत र बंगलादेश भिड्ने छन् । साथै भारत र बंगलादेश बीच हुने खेलको नतिजाले समूह ए को समूह विजेता र समूह उपविजेताको टुंगो लाग्नेछ ।
उता समूह बी मा रहेको आयोजक नेपालसँगै भुटानको सेमिफाइनल प्रवेशको सम्भावना लगभग तय भईसकेको छ । नेपालले आफ्नो अन्तिम खेल सोमबार श्रीलंकासँग खेल्नेछ ।
- २०औं एसियाडका लागि नेपालबाट फुटबलको नाम छैन
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- सायम अन्तरकलेज फुटसलमा २८ टोलीहरु सहभागि हुने
- दोस्रो हिमालयन फुटसल गोल्डकप साउन तेस्रो साता, विजेताले ३ लाख पाउने
- गोलनेपालकर्मी बिक्रम बानियाँले खेलकुद पत्रकार प्रोत्साहन पुरस्कार पाउने तय