South Asia
पाकिस्तान साफ यु–१९ च्याम्पियनसिपको फाइनलमा

काठमाडौं । संघर्षपुर्ण जितका साथ पाकिस्तान जारी साफ यु–१९ च्याम्पियनसिपको फाइनलमा प्रवेश गर्न सफल भएको छ । दशरथ रंगशालामा बुधबार सम्पन्न पहिलो सेमिफाइनलमा पाकिस्तानले भुटानलाई पेनाल्टी शुटआउटमा ६–५ ले हराउँदै फाइनल स्थान सुरक्षित गरेको हो ।
त्यसअघि निर्धारित समयको प्रतिस्पर्धात्मक खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । साफ यु–१९ च्याम्पियनसिपमा पहिलोपटक सहभागिता जनाइरहेको पाकिस्तानले फाइनल प्रवेश गरेसँगै विशेष उपलब्धी हासिल गर्न समेत सफल भएको छ ।
पाकिस्तानले फाइनलमा अब बुधबार नै हुने दोस्रो सेमिफाइनलतर्फ आयोजक नेपाल र साविक विजेता भारत बीच हुने खेलको विजेतासँग उपाधिका लागि भिड्ने छ ।
Post Comments
Related News
- सातौं लो–छोग्याल जिग्मे मोमोरियल कपको नयाँ मिति तय
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- नेपाली राष्ट्रिय यु–२३ फुटबल टोलीको मुख्य प्रशिक्षकमा न्यौपाने
- एन्फाको सहायक महासचिव पदबाट अलग भए जोशी (पत्रसहित)
- महिला लिग छ्नौट खेल्ने क्लबहरुका लागि सामाजिक सञ्जाल र फिफा कनेक्ट कार्यशाला सम्पन्न