
काठमाडौं । नेपाली फुटबलमा आफूलाई परिचित बनाइसकेका अनुभवी प्रशिक्षक मिन बस्नेतले पनि भुटानको शिर्ष फुटबल भुटान प्रिमियर लिगमा नयाँ भूमिका पाएका छन् ।
हाल भुटानको शिर्ष लिग खेलिरहेको फुङ्सोलिङ हिरोज फुटबल क्लबले बस्नेतलाई आफ्नो गोलकिपिङ प्रशिक्षकका रुपमा नियुक्त गरेको छ । यो अनुवन्धसँगै बस्नेत भुटान प्रिमियर लिगमा गोलकिपिङ प्रशिक्षकको जिम्मेवारी पाउने पहिलो नेपाली प्रशिक्षक समेत बनेका छन् ।
स्मरण रहोस, फुङ्सोलिङ हिरोजको मुख्य प्रशिक्षकमा नेपाल कै अनुभवी तथा युवा प्रशिक्षक सुमन श्रेष्ठ रहेका छन् । फुङ्सोलिङ हिरोजले नेपाली फुटबलमा अहिले चल्तीका खेलाडी मध्ये एक आशिष चापागाईंलाई पनि अनुवन्ध गरेको छ ।
मिन बस्नेतले यसअघि हिमालयन शेर्पामा रहेर ए डिभिजन लिग तथा धनगढी एफसीमा आवद्ध भएर नेपाल सुपर लिगमा पनि कोलकिपिङ प्रशिक्षकको जिम्मेवारी कुशलताका साथ निर्वाह गरिसकेका छन् ।
- सातौं लो–छोग्याल जिग्मे मोमोरियल कपको नयाँ मिति तय
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- नेपाली राष्ट्रिय यु–२३ फुटबल टोलीको मुख्य प्रशिक्षकमा न्यौपाने
- एन्फाको सहायक महासचिव पदबाट अलग भए जोशी (पत्रसहित)
- महिला लिग छ्नौट खेल्ने क्लबहरुका लागि सामाजिक सञ्जाल र फिफा कनेक्ट कार्यशाला सम्पन्न