लालबन्दी। सर्लाहीको लालबन्दी नगरपालिका–११, हिरापुरमा सञ्चालित नवौं नगरस्तरीय वडा अध्यक्ष कप फुटबल प्रतियोगिता २०८३ अन्तर्गत पाँचौं दिनका दुई खेल सम्पन्न भएसँगै प्रि(क्वाटरफाइनलका सम्पूर्ण खेल सकिएका छन्। पाँचौं दिनको खेलबाट वडा नं। २ र वडा नं। ४ क्वाटरफाइनलमा प्रवेश गरेका छन्।
पहिलो खेल वडा नं। २ र वडा नं। ९ बीच भएको थियो। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा वडा नं। २ ले दुई गोल गर्दै जित निकालेको हो। खेलको ६३औं मिनेटमा कप्तान रोहित बोम्जनले गोल गर्दै टोलीलाई अग्रता दिलाए। त्यसैगरी, निर्धारित समयको ६८औं मिनेटमा शिवप्रसाद चौलागाईंले दोस्रो गोल थपेपछि वडा नं। २ ले २–० को जित दर्ता गर्दै प्रतियोगिताको क्वाटरफाइनमा प्रवेश गर्न सफल भएको हो।
उत्कृष्ट प्रदर्शन गर्दै एक गोल गरेका वडा नं। २ का कप्तान रोहित बोम्जन ुम्यान अफ दि म्याचु घोषित भए। उनले नगद रु। १ हजार ५०० सहित ट्रफी प्राप्त गरे।
दोस्रो खेलमा गत संस्करणको विजेता वडा नं। ११ र वडा नं। ४ बीच प्रतिस्पर्धा भएको थियो। खेलको ३०औं मिनेटमा वडा नं। ११ का नरेश लामाले गोल गर्दै टोलीलाई अग्रता दिलाए। दोस्रो हाफको ४७औं मिनेटमा वडा नं। ४ का शंकरबहादुर थोकरले गोल गर्दै खेललाई बराबरीमा ल्याए।
निर्धारित समयमा १–१ गोलको बराबरी भएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो। पेनाल्टीमा वडा नं। ४ ले ४–२ गोलअन्तरले वडा नं। ११ लाई पराजित गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गर्यो।
पेनाल्टी सुटआउटमा दुई प्रहार बचाउँदै उत्कृष्ट प्रदर्शन गरेका वडा नं। ४ का गोलरक्षक उदय चौधरी ुम्यान अफ दि म्याचु घोषित भए। उनले नगद रु। १ हजार ५०० सहित ट्रफी प्राप्त गरे।
प्रतियोगिताको विजेता टोलीले नगद रु। १ लाख २२ हजार २२२ सहित आकर्षक ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टोलीले नगद रु। ६१ हजार ११० सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ। त्यसैगरी, तृतीय हुने टोलीले नगद रु। ३९ हजार ११० सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ।
व्यक्तिगत विधातर्फ उत्कृष्ट गोलरक्षक, उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ताले जनही नगद रु। २ हजार १०० सहित ट्रफी प्राप्त गर्नेछन्।
लालबन्दी नगरपालिकाका १७ वटै वडाको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल आगामी मंसिर १० गते हुनेछ।
- वसन्त मुरारी, खड्ग मेमोरियल, उज्यालो र कृष्ण मावि विजयी
- सुदूरपश्चिम प्रदेशव्यापी विद्यालयस्तरीय छात्र फुटबल प्रतियोगिता २०८३ को भव्य उद्घाटन, बाल बाटिका र कलम बम विजयी
- कैलालीमा जारी तेस्रो खुल्ला अम्मरपुर कपको सेमीफाइनल समीकरण पुरा
- शिशिर मगरको एकमात्र निर्णायक गोलमा चुलीमालिका सेमीफाइनल प्रवेश
- कैलाली जिल्ला फुटबल संघ र धनगढी उपमहानगरपालिकाबीच सम्झौता