ANFA राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा ४० खेलाडी, अधिकांश सिनियर खेलाडी टिममा फर्किए
गोलनेपाल

काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका कार्यवाहक प्रशिक्षक प्रदिप हुमागाईले असोज ११ गतेका दिन काठमाडौंमा हुने बंगलादेश विरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल म्याचका लागि ४० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका छन् ।

बन्द प्रशिक्षणमा बोलाइएका खेलाडीहरुमा यसअघि प्रशिक्षक अब्दुला अल्मुताईरीसँगको विवादका कारण टिम बाहिर रहेका किरन चेम्जोङ, अन्जन बिष्ट, सुजल श्रेष्ठ, बिमल घर्ती मगर लगायतका सिनियर खेलाडीहरु पनि टिममा परेका छन् ।

त्यस्तै राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा पहिलोपटक युवा खेलाडीहरु आवास लामिछाने, आशिष चापागाईं र रितिक खड्कालाई टिममा बोलाइएको छ । स्मरणीय छ, आशिष चापागाईंले चर्च ब्वाईज युनाइटेडका लागि बी डिभिजन लिग छनौटमा उत्कृष्ट प्रदर्शन गर्दै सर्वाधिक गोलकर्ताको पुरस्कार जितेपछि धेरैको नजरमा परेका थिए ।

बन्द प्रशिक्षणमा बोलाइएका ४० खेलाडीहरुः

गोलकिपर्सः किरन चेम्जोङ, दिप कार्की, बिकेश कुथु, बिशाल श्रेष्ठ

डिफेन्डर्सः अनन्त तामाङ, रोहित चन्द, बिकास तामाङ, देवेन्द्र तामाङ, दिनेश राजवंशी, बिकास खवास, गौतम श्रेष्ठ, छिरिङ गुरुङ, सुमन अर्याल, रजिन धिमाल, निशान खड्का, अमित तामाङ

मिडफिल्डर्सः संजोग राई, पुजन उपरकोटी, राजन गुरुङ, तेज तामाङ, अरिक बिष्ट, सेसेहाङ आङदेम्बे, सुदिप गुरुङ, बिशाल राई, मनिष डाँगी, सुरज जियु ठकुरी, सुवास गुरुङ, आवास लामिछाने, सुनिल बल, आयुष घलान, सुजल श्रेष्ठ, अन्जन बिष्ट

फरवार्डसः बिमल घर्ती मगर, नवयुग श्रेष्ठ, आशिष चौधरी, रितिक खड्का, जर्ज प्रिन्स कार्की, आशिष चापागाईं, अभिषेक रिजाल, भरत खवास

 

Post Comments