ANFA तेस्रो बन्दै लिगमा पुलिसको सुखद समापन
गोलनेपाल

काठमाडौं । शहिद स्मारक ए डिभिजन लिगतर्फ शुक्रबारदेखि शुरु भएको अन्तिम चरणको खेलतर्फ आफ्नो अन्तिम खेलमा नेपाल पुलिसले जितका साथ लिगतालिकाको तेस्रो स्थानमा रहेर सिजनको सुखद समापन गरेको छ ।

च्यासल स्टेडियममा भएको शिर्ष तीनको निर्णायक भिडन्तमा पुलिसले सातदोबाटो युथ क्लबमाथि १–० को जित निकाल्दै तेस्रो स्थान पक्का गर्यो । खेलको २१औं मिनटमा अहमद हिजाजीले गरेको एक मात्र गोल पुलिसलाई तीन अंक दिलाउन निर्णायक बन्यो ।

यो जितपछि २६ खेलबाट ४१ अंक जोडेको पुलिस मच्छिन्द्र भन्दा एक स्थान पछाडी तेस्रो स्थानमा रह्यो । उता पराजित सातदोबाटो भने ३५ अंकका साथ पाँचौं स्थान मै छ । र लिगको अन्तिम दिनको खेल पश्चात नै केही टोलीहरुको लिगस्थानको टुंगो लाग्नेछ ।

Post Comments