ANFA दुहबी मेयर कप: वार्ड नम्बर ३ क्वाटरफाइनलमा
गोलनेपाल

दुहबी । रोमाञ्चक जितका साथ वार्ड नम्बर ३ यहाँ जारी छैठौं दुहबी मेयर कप नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार भएको प्रीक्वाटरफाइनलतर्फ वार्ड नम्बर ३ ले वार्ड नम्बर १ लाई २-१ ले हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको हो । वार्ड नम्बर ३ का लागि दुवै गोल सुशान्त चौधरीले गरे । पराजित वार्ड नम्बर १ लागि मोहमद हामिदले गोल गरेका थिए ।

खेलमा वार्ड नम्बर ३ का सुशान्त चौधरी म्यान अफ द म्याच समेत चुनिए । प्रतियोगिता अन्तर्गत बैशाख ८ गते शनिबारको प्रीक्वाटरफाइनल खेल वार्ड नम्बर २ र ५ बीच हुने आयोजकले जानकारी दियो ।

दुहबी नगरपालिका, दुहबी, सुनसरीको आयोजना तथा इलेभन एरोज क्लब, दुहबीको संयोजनमा जारी प्रतियोगिताको विजेताले उपाधी सहित नगद १,२५,२२२ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ७२,२२२ रुपैयाँ प्राप्त गर्नेछ । फाइनल खेल बैशाक १७ गतेका दिन हुनेछ ।

Post Comments