
बुटवल । हिमालय फुटबल क्लब, कञ्चन रुपन्देहीमा जारी तेस्रो इभोलुशन कप खुला नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
शुक्रबार भएको प्रिक्वाटरफाइनलतर्फ हिमालयले समपुर्ण युवा क्लब, सुपौलीलाई २–० ले हराउँदै अन्तिम आठको यात्रा तय गर्न सफल भएको हो ।
चारपाला रंगशालामा भएको खेलमा हिमालयका लागि मनोज क्षेत्री र प्रदिल थापाले गोल गरे । खेलको म्यान अफ दि म्याच भने हिमालयका मनोज क्षेत्री घोषित भए ।
प्रतियोगिता अन्तर्गत बैशाख २० गते शनिबारको प्रिक्वाटरफाइनल खेल आदर्श युवा क्लब र सतगढी युवा क्लबबीच हुने आयोजकले जानकारी दियो ।
इभोलुशन क्लब अफ बुटवल, तामनगर, रुपन्देहीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,५१,१५१ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ७५,५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । फाइनल खेल बैशाख २९ गतेका दिन हुनेछ ।