News
गोलरक्षक अशोक बराललाई पत्नीशोक

राष्ट्रिय फुटबल खेलाडी अशोक बराललाई पत्नीशोक परेको छ ।
मनाङ मर्श्याङ्दी क्लबका गोलरक्षक बरालकी पत्नी कृष्टि बरालको आज बिहान काठमाडौंमा निधन भएको हो ।
ह्वाइट ब्लड सेलको कमिका कारण अस्वस्थ रहेकी कृष्टिना केही समयदेखि उपचाररत थिइन् । घरमै रहेकी कृष्टिनाको आज बिहान अचानक स्वास्थ्यमा समस्या आएसँगै निधन भएको अशोक बरालले जानकारी दिए ।
कृष्टिको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ ।
कृष्टि र अशोकका एक छोरी छिन् ।
Post Comments