International
पुरुष ओलम्पिक फुटबलः स्वर्णका लागि आयोजक फ्रान्स र स्पेन भिड्ने

काठमाडौं (एजैन्सी) । जारी ओलम्पिक गेम्सको पुरुष फुटबलतर्फ फाइनलमा दुई युरोपियन दावेदार स्पेन र आयोजक फ्रान्स स्वर्णका लागि भिड्ने भएका छन् । सोमबार राती दुई सेमिफाइनल खेल सम्पन्न भएसँगै फाइनल समिकरण पूरा भएको हो ।
मार्सेलीमा भएको पहिलो सेमिफाइनलमा स्पेनले अफ्रिकी प्रतिद्वन्द्वी मोरक्कोलाई २–१ ले हरायो । त्यस्तै दोस्रो सेमिफाइनलमा आयोजक फ्रान्सले अर्को अफ्रिकी राष्ट्र इजिप्टमाथि ३–१ को जित निकाल्दै फाइनल स्थान सुरक्षित गर्यो ।
अब ९ अगस्तका दिन पेरिसमा हुने फाइनलमा फ्रान्स र स्पेन स्वर्ण पदकका लागि भिड्ने छन् । त्यसैगरी ८ अगस्तका दिन अर्को फ्रान्सेली शहर नान्टेसमा हुने काँस्य पदकका लागि मोरक्को र इजिप्ट भिड्ने छन् ।
Post Comments
Related News
- सातौं लो–छोग्याल जिग्मे मोमोरियल कपको नयाँ मिति तय
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- नेपाली राष्ट्रिय यु–२३ फुटबल टोलीको मुख्य प्रशिक्षकमा न्यौपाने
- एन्फाको सहायक महासचिव पदबाट अलग भए जोशी (पत्रसहित)
- महिला लिग छ्नौट खेल्ने क्लबहरुका लागि सामाजिक सञ्जाल र फिफा कनेक्ट कार्यशाला सम्पन्न