News सिर्जनशील र बेलबारी सेमिफाइनलमा
गोलनेपाल

दमक । सिर्जनशील युवा क्लब, धनकुटा र बेलबारी फुटबल क्लब, मोरङ यहाँ जारी यु–१९ युथ फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

शनिबार भएको पहिलो क्वाटरफाइनलमा सिर्जनशीलले गेर बाबा फुटबल क्लब, अर्जुनधारालाई १–० ले हराउँदै अन्तिम चारमा स्थान बनाएको हो । सिर्जनशीलका लागि सुरज गिरीले एक मात्र निर्णायक गोल गरे । खेलको म्यान अफ दि म्याच भने सिर्जनशील कै प्रतिक मगर चुनिए ।

त्यस्तै अर्को क्वाटरफाइनलमा बेलबारीले मिक्लाजुङ फुटबल क्लबलाई २–० ले हराउँदै सेमिफाइनलमा स्थान बनायो । बेलबारीका लागि प्रशान्त बिक र निकत मगरले गोल गरे । खेलको म्यान अफ दि म्याच भने अजय परियार घोषित भए ।

यही असार ३२ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले उपाधिसहित नगद ४५ हजार हात पार्नेछ भने उपविजेताले ३० हजारसहित ट्रफी, मेडल प्राप्त गर्ने आयोजकले जनाएको छ ।

Post Comments