News क्यूँजित बू फुटसल कप हुँदै
गोलनेपाल

काठमाडौं । युवाहरूमा एकताको भावना, सक्रियता र खेलकुद प्रवद्र्धन गर्ने उद्देश्यले “क्यूँजित बू फुटसल प्रतियोगिता २०८२“ आयोजना हुने भएको छ । क्यूँजित बू कल्याण कोष, काठमाडौंको आयोजनामा हुने उक्त प्रतियोगिता यही साउन ३१ गते शनिबारका दिन बिहान ६ बजेदेखि शुरु हुने भएको हो ।

रोयल नेपाल फुटसल, न्यू प्लानिङ पेप्सिकोला, काठमाडौंमा आयोजना हुने प्रतियोगिता सेभेन ए साईड फुटसल नियम अनुसार सञ्चालन हुनेछ । एक टोलीमा १० जना खेलाडी रहने छन् जसमा ७ जना मुख्य खेलाडी र ३ जना वैकल्पिक खेलाडी रहने व्यवस्था गरिएको छ ।

प्रतियोगितामा सहभागिता जनाउन चाहने इच्छुक क्लबहरुका लागि यही साउन २५ गतेसम्म टिमदर्ता खुला गरिएको छ । साथै टिमदर्ता शुल्क ४००० तोकिएको पनि आयोजकले जानकारी दियो । प्रतियोगिताको आधिकारिक मिडिया पार्टनर रहेको गोलनेपालले प्रत्यक्ष प्रसारण समेत गर्नेछ ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५० हजार हात पार्नेछ भने उपविजेताले ३० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै विधागततर्फ उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्ता गरी तीन विधामा पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।

Post Comments