म्याङलुङ । तेह्रथुमको म्याङलुङमा जारी नेत्र गुरागाई स्मृती गोल्डकप अन्तर्गत बुधबार दुई प्रि क्वाटर फाइनल खेल सम्पन्न भएका छन् । जसमा यलम्बर युवा क्लब पॉचथर र नेपाल प्रहरी बिराटनगर रानीले जित हात पारेका छन् ।
बुधबार सम्पन्न पहिलो प्रि क्वाटर फाइनल खेलमा जिरीखिम्ती युवा क्लब तेह्रथुमलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै यलम्बर युवा क्लब पॉचथर क्वाटर फाइनल प्रवेश गरेको हो । निर्धारित समय गोल रहित बराबरीमा टुङ्गिएपछि उक्त खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो । पेनाल्टीमार्फत निकालिएको नतिजामा जिरिखिम्तिले मात्र दुई गोल गर्दा यलम्बर पाँचथर चार गोल गर्न सफल रह्यो।
बुधबार सम्पन्न दोस्रो खेलमा छथर गाउँपालिका तेह्रथुम र नेपाल प्रहरी बिराटनगरबिच उच्च प्रतिस्पर्धा हुदा निर्धारित समय गोल रहित बराबरीमा टुङ्गिए पछि उक्त खेलको नतिजा पनि पेनाल्टी सुट आउट मार्फत निकालिएको हो । पेनाल्टी सुट आउटमा छथर गाउँपालिकालाई नेपाल प्रहरीले तिनका बीरूदॄ चार गोल गदै॔ हराएको छ।
बिहिबार अन्तिम प्रि क्वाटर फाइनल खेल APF पकली सुनसरी र भाउन्ने युवा क्लब मोरङबिच दिनको ठिक 12:30 बजे त्यस्तै पहिलो क्वाटर फाइनल खेल कुम्मायक पाँचथर र आयोजक चुटान ल्कबबिच दिनको ठिक 2:30 बजे सुरू हुनेछ ।
प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन बि बि सी तेह्रथुम सहित पूर्वका विभिन्न जिल्लाका चर्चित क्लबहरूको सहभागिता रहेको छ ।
- तुम्बेवा अध्यक्ष कपमा फक्ताङलुङ,कुम्मायक र तुम्बेवा १ क्वाटर फाइनलमा प्रवेश
- उपेन्द्र निर्णायक बन्दा आयोजक कन्याटार सेमिफाइनलमा
- दोस्रो त्रिशाली गोल्डकपको उपाधिका लागि म्याङलुङ स्पोर्टिङ र रेड हर्ष एफसी इलाम भिड्ने
- तेह्रथुमको म्याङलुङ स्पोर्टिङ पॉचथरमा जारी त्रिशाली गोल्डकपको उपाधि नजिक
- पथरी एघार पॉचथरमा जारी त्रिशाली गोल्डकपको सेमिफाइनलमा प्रवेश