News
ललितपुरमा खुला फुटसल हुँदै, विजेताले १ लाख पाउने
ललितपुर । नेस्ट रिभाईभ क्लब, ढोलाहिटी, ललितपुरको आयोजनामा यही भदौ २७ र २८ गतेका दिन नेस्ट रिभाईभ कप खुला फुटसल प्रतियोगिता हुने भएको छ ।
फुटसल भिलेजमा हुने दुई दिने प्रतियोगिताको टिमदर्ता पनि खुला गरिएको छ । साथै टिमदर्ता शुल्क ८००० तोकिएको पनि आयोजकले जानकारी दियो ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख हात पार्नेछ भने उपविजेताले ५० हजारसहित ट्रफी, मेडल प्राप्त गर्नेछ । त्यसबाहेक विधागततर्फ पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
Post Comments
Related News