News फुङलिङ नगरपालिकालाई उपाधि
गोलनेपाल

काठमाडौं । ताप्लेजुङ अन्तर पालिकास्तरीय फुटसल प्रतियोगिताको उपाधि फुङलिङ नगरपालिकाले जितेको छ । फाइनलमा फाइनलमा फुक्तालुङ गाउँपालिकालाई २–१ ले हराउँदै फुङलिङ नगरपालिका विजेता बनेको हो ।

विधागततर्फ फुङलिङ नगरपालिका (बी) का अरुण प्रतियोगिताको उत्कृष्ट गोलरक्षक बने । फुक्तालुङ गाउँपालिकाका अर्जुन लिम्बु प्रतियोगिता कै सर्वश्रेष्ठ खेलाडी घोषित भए । विधागततर्फ उत्कृष्ट बनेका दुवैले जनही ५–५ हजार र ट्रफी हात पारे ।

त्यस्तै अनुशासित टोलीका रुपमा प्रतियोगिताको फेयर प्ले पुरस्कार आठराई त्रिवेणी गाउँपालिकाले हात पायो । विजेता तथा उपविजेता टोलीका खेलाडीहरुलाई एक कार्यक्रमका बीच पुरस्कृत गरिएको थियो ।

 

Post Comments