News वालिङमा पितृ स्मृति ट्रिनिटी कप यु–१६ महिला फुटबल प्रतियोगिता शुरु
गोलनेपाल

वालिङ । “महिला सशत्तिकरणको निम्ति खेलकुद अभियान, दक्ष फुटबल खेलाडी उत्पादन ट्रिनिटीको अभियान” ट्रिनिटी क्लब, वालिङ स्याङ्जाको आयोजनामा बिहीबारदेखि पितृ स्मृति ट्रिनिटी कप गण्डकी प्रदेशस्तरीय यु–१६ महिला फुटबल प्रतियोगिता शुरु भएको छ ।

वालिङ खेलमैदानमा भएको पहिलो दिन पयुँ गाउँपालिका, पर्वत र देवचुली नगरपालिका, नवलपुरले विजयी शुरुवात गरेका छन् । पहिलो खेलमा पैयुँ गाउँपालिकाले आयोजक ट्रिनिटी क्लब (बी) लाई १–० ले हरायो । पैयुँ गाउँपालिकाका लागि सृष्टी बिकले एक मात्र निर्णायक गोल गरिन् । सृष्टी नै खेलको प्लेयर अफ दि म्याच समेत बनिन् ।

दिनको दोस्रो खेलमा देवचुली नगरपालिकाले म्याग्दी जिल्ला फुटबल संघलाई समान १–० को अन्तरले हरायो । देवचुलीको जितमा प्रतिक्षा नेपालले एक मात्र निर्णायक गोल गरिन् र निर्णायक गोलकर्ता प्रतिक्षा नै प्लेयर अफ दि म्याच बनिन् ।

यही भदौ २३ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख हात पार्नेछ भने उपविजेताले ५० हजार प्राप्त गर्नेछ । त्यस्तै सेमिफाइनलमा पराजित हुने दुई टोलीहरुलाई पनि जनही १५–१५ हजार पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो । त्यसैगरी विधागततर्फ पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

Post Comments